काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अमेरिकी सहायता नियोग (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे केन्द्रित भएर छलफल गरेका छन् । आज सरकारी निवास बालुवाटारमा गठबन्धनका नेताहरुबीच छलफल भएको नेताहरुले बताएका छन् ।
चार दिने नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरेसँगै गठबन्धनका शीर्ष नेताहरुले छलफल गरेका हुन् । छलफलमा मन्त्रिमण्डल विस्तारबारे पनि कुरा भएको स्रोतले बतायो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।