काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले हाललाई पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताउनुभएको छ ।
सर्वोच्चको फैसलाअनुसार एमाले जेठ २ मा फर्किएको अवस्थामा प्रचार विभाग प्रमुख रहेका भट्टराईले शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको प्रष्ट गर्नुभयो ।
भट्टराईले अहिलेको अवस्थामा आफू एमाले प्रचार विभाग प्रमुख र ज्ञवाली प्रवक्तामा यथावत् रहेको पनि जानकारी दिनुभयो । भट्टराईले अबको बैठकबाट प्रवक्तामा ज्ञवालीलाई निरन्तरता दिने वा आफ्नोबारे निर्णय गर्न सक्ने उहाँले बताउनुभयो ।