काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी)र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने बताइएको छ ।
यसअघि एमालेले यही असोज ४ देखि ६ गतेसम्म पार्टीको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।