काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गाेलसमेत गरेपछि नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गाेल गर्नुभयो । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको बिहीबारको खेलमा ४ खेलाडीलाई डेब्यु गराउनुभएको थियो ।
घरेलु मैदान र दर्शककाे अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे थियाे । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चाेटका कारण मैदान बाहिर रहेकाेले सबिता रानाले अग्रपंतिमा पहिलाे राेजाइमा खेल्नुभएको थियो । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेल्नुभएको थियो ।
खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । विमलाले उपलब्ध गराएकाे क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गाेल गर्नुभयो ।
२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर गर्नुभयो । सरुले मैदानकाे मध्यभाग नजिकबाट उपलब्ध गराएकाे पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गाेल गर्नुभएको हो । दाेस्राे हाफमा नेपालले सुरुमै गाेल गर्ने अवसर गुमायाे । ४९ औं मिनेटमा सरु लिम्बुकाे पासमा प्रिती राईले पेनाल्टी एरियाभित्रबाट गरेकाे प्रहार बंगलादेशी गाेलकिपर रुपना चक्माले बताउनुभयो । दाेसाे हाफमा नेपाली खेलाडीमा फिटनेसमा समस्या देखियाे । नेपालले फिनिसिङमा राम्राे गर्न सकेन ।
बंगलादेशका लागि ताेहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गाेल फर्काउनुभयो ।
नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दाेस्राे मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।