काठमाडौं । नेपाल र बंगलादेशबीचकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले बंगलादेशविरुद्ध २ गोल गरेको छ । बंगलादेशले गोल फर्काउन सकेको छैन ।
दशरथ रंगशालामा पहिलाेपटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे छ । दुवै गाेल पहिलाेपटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरेका छन् ।
खेलकाे १४ औं मिनेटमा सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्नुभयो । त्यसको केही मिनेट अर्थात २३ औं मिनेटमा प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपाललाई २-० अवस्थामा पु-याउनुभयो ।