काठमाडौँ । देशभर मौसम बुधबार सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका दिउँसो अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति पनि देशभर मौसममा सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सामान्य सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
अहिले प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
भारतको मध्यप्रदेश र विधार्वा आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ ।




















