काठमाडौँ । आज १८ औँ निजामति सेवा दिवस परेको छ । यस वर्ष ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, संमृद्धि र सुशासन’ भन्ने नारासहित देशभर निजामती सेवा मनाइँदैछ ।
सरकारले निजामती सेवा दिवसका सन्दर्भमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ रोगको महामारी फैलिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी आ–आफ्नै कार्यालयमा सम्भव हुने कार्यक्रममात्रै गरेर दिवस मनाउन आग्रह गरेको छ ।




















