काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी समर्थित विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।
दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको भन्दै अनेरास्ववियूले गृहमन्त्रीको पुत्ला जलाएको हो ।
अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो । साथै अनेरास्ववियूले दार्चुला घटनाको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत पुत्ला दहन गरेको थियो । यसअघि गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर छिमेकी देशको प्रधानमन्त्रीविरुद्ध प्रदर्शन नगर्न चेतावनी दिएको थियो । सो प्रदर्शनमा विद्यार्थीहरुले एमसीसीको समेत विरोध गरेका छन् । देउवा सरकारले झुक्याएर एससीसी पास गर्न लागेकाे भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत कडा शब्दमा विरोध गरिरहेको छ ।