Margadarsan


  • दोस्रो मैत्रीपूर्ण खेलमा भारतद्वारा नेपाल २-१ गोलले पराजित

    मार्गदर्शन २० भाद्र २०७८, आईतवार

    काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ गाेल अन्तरले पराजित भएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा पराजित भएको हो ।

    भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गर्नुभयो । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल गर्नुभयो ।

    यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो ।

    फेसबुक प्रतिक्रिया