काठमाडौं । एमसीसीविरुद्ध एक ढिक्का हुन २२ दलीय गठबन्धनले आह्वान गरेको छ । गठबन्धनले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म निरन्तर विरोधका कारण एमसीसी संसदबाट पारित हुन नसकेको स्मरण गर्दै खारेजी नै हुनुपर्नेमा जोड दिएको छ ।
एमसीसी पारित गर्न दबाव सिर्जना गर्ने हेतुले परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारी नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै २२ दलीय गठबन्धनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गर्ने पनि जनाएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितको गठबन्धनका तर्फबाट सीपी गजुरेलले विज्ञप्ति जारी गरेका हुन । गठवन्धन संगठनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।