काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीनजना नेपालीको मृत्यु भएको छ ।
आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका आङ गेलु शेर्पा लामा, उहाँकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ शेर्पा लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ ।
मेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भइसकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ ।





















