Margadarsan


  • लुम्बिनी प्रदेशसभाको बैठक भदौ ३० सम्म स्थगित

    मार्गदर्शन १६ भाद्र २०७८, बुधबार

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

    प्रदेशसभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडान छाडेको छैन ।

    नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया