काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताउनुभएको छ । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ ।
त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर हामीले दुवै खेल जित्नैपर्छ । फिफा र्याङ्किङका लागि जित्न जरुरी छ ।’
यो दुई खेल जित्न सक्ने हो भने नेपालको र्याङ्किङ ७/१० स्थान माथि जानसक्ने उहाँले बतारउनुभयो । नेपालविरुद्ध खेल्न भारतलाई जति कठिन छ, नेपाललाई पनि जित्न त्यही नै कठिन भएको उहाँको भनाइ थियो ।