काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिनुभएको छ ।
नेकपा एमालेका तर्फबाट मन्त्री बन्नुभएका उहाँले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेमात्र रहनुभएको छ ।
खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी रोजेको जानकारी गराउनुभएको थियो ।