काठमाडौं । श्रीलंकन एयरलाइन्सले आज (मंगलबार)देखि काठमाडौं–श्रीलंका सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । एयरलाइन्सले भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको बताउनुभयो । उडानले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ।
हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ। एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।




















