काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झाले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने हुनुभएको छ ।
काठमाडौं किङ्स-११ ले शुक्रबार गुल्शनलाई अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा रहनुभएको छ । उहाँले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेल्नुभएको थियो ।
राष्ट्रिय टिमकै लेग स्पिनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स-११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई यसअघि नै अनुबन्ध गरिसकेको जनाएको छ ।