Margadarsan


  • बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन

    मार्गदर्शन १२ भाद्र २०७८, शनिबार

    काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

    शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।

    अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया