काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १३ हजार ११७ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ६५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । सो अवधिमा थप २ हजार ३३७ जना संक्रमित उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३७ हजार ५९९ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ६६३ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















