काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सबै जिल्लामा १८ गते वडा अधिवेशन गराउन सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहले आशंका गर्दै सो ध्यानाकर्षण गराएको हो ।
पौडेल पक्षले १८ गते नै सबै जिल्लाका वडामा अधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकर्षण गराइने पौडेल समूहका एक नेताले बताउनुभयो ।