काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको दाबी गर्नुभएको छ ।
उहाँले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको बताउनुभयो । यद्यपि अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको, त्यो अहिले कायमै रहेको उहाँले बताउनुभयो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र एमालेमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताउनुभयो । तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उहाँले थाक्नेहरुसँग आफ्नो कुनै गुनासो नरहेको बताउनुभयो ।