काठमाडौँ । नेकपमा एमालेको प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाउनुभएको छ । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाउनुभएको हो ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा हुनुहुन्थ्यो । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा रहनुभएको थियो । भट्टराईले पार्टी प्रवक्ताको जिम्मेवारी पाएसँगै एमाले कार्यदलले सिफारिस गरेको दशबुँदे सहमति कार्यान्वयनयमा आएको छ ।