काठमडौं । काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न गरिएको छ । हरेक वर्ष गाईजात्राको भोलीपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ ।
प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफुहरुले निरन्तरता दिदै आएको स्थानीयहरुको भनाई छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने, राजा, रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजा देखि प्रजासम्मले रोपाइँ जात्रा मनाइने गरिन्छ ।
विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरु समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाई जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महतवको जात्रा बनेको संस्कृतिविद्हरुको भनाई छ ।