काठमाडौँ । नेपालमा गएको २४ घण्टामा १ हजार ८०१ जना कोरोना भाइरसक संक्रमित थपिएका छन् । ११ हजार ३२६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यो अवधिमा १ हजार ९२४ जना डिस्चार्ज भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ ।
त्यसैगरी विगत २४ घन्टामा कोरोनाबाट २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार ५३३ जना पुगेको छ । हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेका छन् ।




















