काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध नेपाल खेलकुद महासंघले विरोध प्रदर्शन गरेको छ ।
महासंघले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको भन्दै विरोध गरिएको महासंघले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरुले भूमि आयोगलाई निरन्तरता दिनुपर्ने समेत माग गरेको छ । सरकारले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोजेको भन्दै राजनीतिक अस्थिरता र कुशासनका विरुद्ध खेलाडीको सहभागीमा प्रदर्शन गर्नुपरेको महासंघका अध्यक्ष रमेशकुमार पौडेलले जानकारी दिनुभयो । जनता र राष्ट्रियका सवालमा सरकार कमजोर देखिएको उहाँले बताउनुभयो । उहाले बिदेशीले नै वर्तमान सरकार बनाइदिएको भन्दै सरकारले जनताको पक्षमा काम नगरेको आरोप लगाउनुभयो ।
महासंघले सरकारबिरुद्धको आन्दोलनलाई देशव्यापी बनाउदै निरन्तरता दिने जनाएको छ ।