काठमाडौं । राष्ट्रिय राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट मृत्यु भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो ।
उहाँलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपति आर्यघाटमा आजै उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।




















