वुटवल । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा वैठक बुधबार पनि स्थगित भएको छ ।
बुधबार बैठक सुरु हुने बित्तिकै एमालेका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताए पछि एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।
सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको थियो । सभामुखले उनीहरुलाई पदमुक्त गर्न आलटाल गरेपछि एमाले अव कारवाहीको सुचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएको छ ।
एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएक छन् । तर नारावाजी जारी नै भएपछि सभामुख घर्तिले बिहीबार दिउसो १ बजेसम्मका लागि वैठक स्थगित गरेका हुन । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
https://youtu.be/g27NndGTHik