काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको जनाइएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
























