काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३,२७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जना कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ७ लाख ३७ हजार २९४ र एण्टीजेन विधिबाट गर्दा ७६ हजार ८३३ जना गरी कुल ८ लाख १४ हजार १२७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।




















