काठमाडौं । एथलेटिक्स खेलको विकास र विस्तारमा निरन्तर सहयोग पु¥याउने उदेश्यको साथ एथलेटिक्स परिवारको गठन भएको छ ।
राजन खत्रीको अध्यक्षतामा ९ सदस्यीय समितिको एथलेटिक्स परिवार गठन गरिएको हो । एथलेटिक्स परिवारले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संस्था गठन गरिएको जनाएको छ । एथलेटिक्स परिवारको उपाध्यक्षमा दिपक कुमार रञ्जित, सचिवमा मन्जु श्रेष्ठ र कोषाध्यक्षमा सुष्मा पाण्डे रहनुभएको छ ।
त्यस्तै सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दर केशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहनुभएको छ । यस्तै परिवारले वार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । परिवारले एथलेटिक्सको चार प्रतियोगिता गराउने क्यालेन्डरमा उल्लेख गरिएको छ । परिवारको पहिलो कार्यक्रम अन्तर्गत आगामी मंसिरमा काठमाडौंमा यू–१६ र २० को युथ एथलेटिक्स च्याम्पियनसिप आयोजना हुने अध्यक्ष खत्रीले बताउनुभयो ।
माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड सहकार्यमा आयोजना हुनेछ । त्यस्तै काठमाडौंमा फागुनमा गोल्डेन एथलेटिक्स मिट र साउनमा खुल्ला क्रसकन्ट्री दौड आयोजना गरिने परिवारले जनाएको छ । वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४५ लाख लाग्ने परिवारले जनाएको छ ।