बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।
शाही चारदलीय गठवन्धनको सरकारमा बिना विभागीय मन्त्री बनेपछि सांसदबाट पदमुक्त गर्न एमालेले सभामुखलाई पत्र बुझाएको हो ।
सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी विमला वलीले पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न एमालेले प्रदेशसभामा पत्र बुझाएको हो ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले पार्टीको सर्वसम्मत निर्णयलाई सभामुखले कार्यान्वयन गर्ने विश्वास लिएको बताउनुभयो ।
नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोज्नुभएकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आउनुभएको छ । लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुने भएको छ ।
हेर्नुहोस् एमालेले सभामुखलाई बुझाएको पब