काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १५ हजार ६११ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमित थपिएका हुन् । सो अवधिमा थप २ हजार ४५८ जना संक्रमित उपचारपश्चात् निको भई घर फर्किसकेका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३९ हजार ३७१ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ३५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ३२७ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















