चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ६:४५ बजे विद्युत् चुहावट भएर आगलागी नियन्त्रणमा आएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यहीँ रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उहाँले बताउनुभयो ।

























