काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ५८२ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ९१५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । सो अवधिमा थप २ हजार ११८ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ७९८ रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार २१२ जनाको कोरोनाबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।




















