लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनुभएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सम्झौता अनुसार मुख्यमन्त्री केसले अबको ८ महिना मुख्यमन्त्री सम्हाल्नुहुनेछ भने अर्को ८ महिना कांग्रेसले सम्हाल्नेछ ।