काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तीनै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेको छ । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै एमाले सांसद आशाकुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको हो ।
सांसद विकले जनप्रतिनिधिहरुको आर्थिक हैसियत बढेको समाचार आइरहेको भन्दै त्यसबारे छानबिन गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल-टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस् ।’