काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । ललितपुरको समीट होटलमा आज बसेको बैठकले ६ बुँदे सुझाव तयार पार्दै अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको छ ।
अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले बताउनुभयो ।
भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको उहाँले जानकारी दिनुभयो । उहाँले जिल्ला सभापतिहरुको भेलाले तयार पारेको निष्कर्ष सभापति देउवालाई बुझाइने बताउनुभयो ।