काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आजदेखि कडाइ गरिएको छ । भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम लगाइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजेभित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको हो ।



























