काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

२०७७ भदौमा ४ वर्षे कार्यकाल पूरा गरी बिदा हुनुभएका घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले  गराएको छ । मन्त्रालयले घिसिङलाई आजै नियुक्ति पत्र दिने तयारी गरेको बताइएको छ ।