काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट विभिन्न प्रतिवेदन र विद्येयक छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।
सार्वजनिक सेवा प्रसारण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको रेल्वे विधेयक छलफलका लागि र रेल्वे विधेयक, पारितका लागि प्रस्तुत हुनेछ । सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको प्रत्यायन विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने भएको छ । यस्तै प्रत्यायनलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।