काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा एसएसबीले तुइन काटेर महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको संसदलाई सत्यतथ्य जानकारी गराउन रुलिङ गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले दार्चुला घटनाबारे संसद्लाई यथासक्य चाँडो जानकारी दिन सभामुखले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । यसअघि बैठकमा बैठकमा सांसदहरूले दार्चुला घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका थिए । सभामुख सापकोटाले यस बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
साउन १५ गते गाउँबाट सदरमुकाम खलंगा जाने क्रममा एसएसबीले तुइन काटिदिदा जयसिंह धामी बेपत्ता भएको स्थानीयवासीको भनाइ छ । उक्त घटनको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।
https://youtu.be/jWyJiRl04HQ