काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ६५१ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । उक्त अवधिमा थप १ हजार ७८४ जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ३६ हजार २८८ रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ११५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।




















