काठमाडौँ । नेपाललाई जापान सरकारले अनुदानमा दिएको एस्ट्राजेनेकाको थप २ लाख ८७ हजार डोज खोप आज नेपाल आउने भएको छ । शनिबार पहिलो चरणमा ५ लाख १३ हजार डोज खोप आइसकेको छ भने आज थप दुई लाख ८७ हजार डोज खोप आउन लागेको हो ।
जापान सरकारले नेपाललाई १६ लाख खोप सहयोग गर्न घोषणा गरेको थियो । त्यसै अनुरुप आज खोप आउन लागेको छ । जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो । बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले बताएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप आएको हो । सो खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई भोलिदेखि दोस्रो डोज दिन शुरु गरिने बताइएको छ ।




















