काठमाडौँ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो चरण काठमाडौं आइपुगेको छ । जापानले कोभ्याक्स परियोजनामार्फत् नेपाललाई उपलब्ध गराउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान पाँच लाख १३ हजार डोज खोप काठमाडौँ आइपुगेको हो ।
एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । यो खोप सरकारले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएकालाई दोस्रो मात्रा दिने निर्णय गरिसकेको छ ।




















