काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको १४ औं महाधिवशेन अनिश्चित बनेको छ । क्रियाशील सदस्यता वितरणमा धाँधली भएपछि कांग्रेसको महाधिवशेन निर्धारित समयमा नहुने भएको हो । महाधिवेशन अनिश्चित भएपछि कांग्रेसको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला आह्वान गरेको छ ।
नेपाली कांग्रेसमा सभापति देउवाको एकलौटी ढंगले अघि बढ्ने प्रवृत्तिको विरोध गर्दै आएको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला आह्वान गरेको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्तरुपमा छलफल गर्न लागिएको हो ।
एकजना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको बताउनुभयो । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदमलगायतका विषयमा छलफल हुन्छ,’ ती नेताले बताउनुभयो ।