सिन्धुपाल्चोक । लगातार वर्षा तथा बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध बनेको छ । मेलम्ची नगरपालिका वडा नं.१३ मेलम्ची–जिरो किलो सडक खण्डस्थित फटकशिलामा आज बिहान ठाडो पहिरोमा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो भरी मेलम्चीतर्फ जाने बाटो पुर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताउनुभयो । सडक अवरुद्ध भएपछि मेलम्चीबाट काठमाडौँ र काठमाडौँबाट मेलम्ची आएका सावरी साधन र यात्रु अलपत्र परेको स्थानीय शालिग्राम घोरासैनीले जानकारी दिनुभएको छ ।

























