काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षले आज चारवटा जिल्लामा विस्तारित बैठकको आयोजना गर्दैछ । ठाकुर पक्षले सप्तरी, सिरहा, बारा र महोत्तरीमा विस्तारित बैठकको आयोजना गर्न लागेको हो ।
उक्त विस्तारित बैठकलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्ने भएका छन् भने सिरहामा अनिल कुमार झा, डा.सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर पक्षले विस्तारित बैठक आयोजना गर्न सुरु गरेको हो ।