काठमाडौं । राजनीतिक विश्लेषक डा.सुन्दरमणि दीक्षितले शेरबहादुर देउवा गठबन्धनको मात्र प्रधानमन्त्री भएकाले उहाँबाट जनताले धेरै अपेक्षा नगरेको बताउनुभएको छ । उहाँले यो सरकार जनताको इच्छाले नभई गठबन्धनको बलले मात्रै बनेको दाबी गर्नुभयो छ ।
एमालेभित्रका केही स्वार्थी प्रवृतिका कारण देउवा बाध्यताले प्रधानमन्त्री बनेको प्रति टिप्पणी गदै उहाँले भन्नुभयो, –‘ देउवा बाध्यतावस प्रधानमन्त्री बनेका हुन्, उनलाई त प्रधानमन्त्री बन्न मनै थिएन नि ! चार पाँच दल मिलेको छ, अहिले त देउवालाई प्रधानमन्त्री भएकोमा हानि छ भन्या ! कांग्रेसलाई पनि मन परेकै छैन ।’
एक रेडियोलाई अन्तर्वार्ता दिने क्रममा दीक्षितले देउवाबाट धेरै आशा गर्न नसकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, देउवाले पटक पटक सरकारको नेतृत्व गरेको हेरेकै हो, उनको कामै छैन, डेढ वर्षका लागि प्रधानमन्त्री भाको छ, त्यही पनि गठबन्धनबाट यो त महाकमजोर प्रधानमन्त्री हो ।’
बहुमत भएको दललाई त मन्त्री बनाउन कति सकस हुन्छ, अब यहाँ त चार चार वटा दललाई मिलाउन पर्ने छ हेनुस् त ! २२ दिन भईसक्यो मन्त्री छान्न सकेको छैन होइन ! उहाँले भन्नुभयो । प्रचण्डले त ४९ जना सांसदलाई मन्त्री बनाउन प-यो भनेर टाउकोमा हात लगिसके, सबैलाई लोभ भएरै गठबन्धन चलाएको उहाँको आरोप छ । दीक्षितले भन्नुभयो- यहाँ मुलुक र जनताको त मतलब नै छैन, आफु मन्त्री भएर पावरमा बस्न पाए भयो, भन्ने मात्रै छ ।’ भ्रष्टाचारमा नम्बर वान, चाकरीमा नम्बर वान, लोभीमा नम्बर वान यस्ताबाट देश बन्छ ! मलाई भन्नुस् त ?