काठमाडौं । नेपाललाई चीनले अनुदानमा थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको थप खोप उपलब्ध गराउने बताउनुभएको हो ।
यसअघि नै चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसको थियो । अर्थ मन्त्रालयद्वारा प्रेषित विवरणमा चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गर्नुभएको थियो ।