काठमाडौं । पूर्व माओवादी सांसदहरुले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको मुद्दाको सुनुवाई स्थगित भएको छ ।
पूर्व माओवादी सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले माओवादी केन्द्रले असंवैधानिक तथा अलोकतान्त्रिक ढंगले आफूहरुलाई सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उहाँहरुको रिटको सुनुवाई हुने कार्यसूची तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले बताएको छ ।

























