काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो ।
मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दवाव दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गर्नुभएको थियो । मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो ।
अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताउनुभएको थियो ।